हेटौंडा : हेटौंडा क्याम्पसमा भएको चित्रकला प्रतियोगितामा कक्षा–११ की कृतिका लामा प्रथम भएकी छिन् । क्याम्पसको वार्षिकोत्सवको अवसरमा भएको चित्रकला प्रतियोगितामा कक्षा–११ व्यवस्थापन संकायमा अध्ययनरत लामा प्रथम भएकी हुन् ।
प्रतियोगितामा कक्षा–११ व्यवस्थापन संकायकै केशव दास द्वितीय भएका छन् । यस्तै, स्नातकोत्तरतह दोस्रो वर्षका सुजता खड्का तृतीय भएकी छिन् । क्याम्पसको ३५ औँ वार्षिकोत्सवको अवसरमा आयोजित विविध खेलकुद कार्यक्रम तथा अतिरिक्त क्रियाकलाप अन्तर्गत आइतबार चित्रकला प्रतियोगिता भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) हेटौंडा क्याम्पस कमिटीका सदस्य गणेश तिमल्सिनाले जानकारी दिनुभएको छ ।
हेटौंडा क्याम्पसको अतिरिक्त क्रियाकलाप समन्वय इकाईले फागुन ८ गतेबाट विविधि खेलकुद कार्यक्रम आयोजना गरेको उहाँले बताउनुभयो । दौड, फुटबल, भलिबल, ब्याड्मिन्टन, डोरी तान्नेलगायतका प्रतियोगिता सञ्चालन भएको छ । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई आज मंगलबार समापन कार्यक्रममा पदक तथा प्रमाणपपत्र प्रदान गरिने बताइएको छ ।