हेटौंडा : नेकपा एमाले हेटौंडा उपमहानगर कमिटीको तेस्रो पूर्ण बैठक सम्पन्न भएको छ । शुक्रबार नेकपा एमाले हेटौंडा उपमहानगरपालिका कमिटी अध्यक्ष बोलबहादुर कार्कीको सभाध्यक्ष तथा पार्टीका केन्द्रीय कमिटी सदस्य रामेश्वर रानाको प्रमुख आतिथ्यमा बैठक सञ्चालन भएको हो ।
बैठकमा वडा केन्द्रित पार्टी निर्माण (जरा) अभियानको समीक्ष गरिएको छ । गत माघ १ गतेबाट सुरु भएको कमिटी विस्तार अन्र्तगत १ सय १३ वटा कमिटी गठन गरेको नेकपा एमाले उपमहानगरपालिका कमिटी अध्यक्ष कार्कीको जानकारी दिनुभयो । १९ वटा वडामा जनसंगठन समन्वय संयन्त्र, संगठन र सामाजिक सामुदायिक संघसंस्था गठन गर्ने योजानामा रहेको उहाँले बताउनुभयो ।
हाल पार्टीमा ४ हजार सदस्य रहेको र चैत मसान्तसम्म २ हजार सदस्य वृद्धि गरी ६ हजार बनाउने र पालिकाभरी ३ सय ७७ वटा कमिटी गठन गर्ने योजना हरेको कार्कीले जानकारी दिनुभयो । पार्टी सदस्यमा ३३ प्रतिशत महिला र १५ प्रतिशत युवा समेटिने गरी सदस्य विस्तार गर्ने निर्णय भएको उहाँको भनाइ छ ।
१९ वटा वडामा अधिवेशन सम्पन्न हुनुलाई पार्टीले सफलताको रुपमा लिएको उहाँले बताउनुभयो । पार्टी भद्दा भएको र आगामी दिनमा छिटो छरितो भएर काम गर्नुपर्ने विश्लेषण भएको बताइएको छ । पार्टीभित्रको अभिलेखमा केही त्रुटी भएकाले सो त्रुटीलाई सुधार गर्ने योजना तय भएको अध्यक्ष कार्कीको भनाइ छ ।
समृद्ध नेपाल, सुखी नेपालीको अवधारणाअनुरुप एमाले पाठशाला हेटौंडाको स्थापना गरी नियमित प्रशिक्षण गर्ने, जनसरोकार केन्द्रित सवालहरु सम्बोधन गर्ने र जनतासँग थप सम्बन्ध विस्तार गर्ने बैठकबाट निर्णय भएको छ । समृद्ध हेटौंडा बानाउन पार्टीले आफ्नौ योजना बनाएको नगर कमिटी अध्यक्ष कार्कीले जानकारी दिनुभयो ।
जनतासँग जनसंगठन अभियान फागुन १३ गतेबाट शुभारम्भ हुने उहाँले बताउनुभयो । अभियानको उद्घाटन पार्टीका केन्द्रीय स्थायी कमिटी सदस्य, जनसंगठन समन्वय संयन्त्र प्रमुख एवम् पूर्व स्वास्थ्यमन्त्री भानुभक्त ढकालको प्रमुख आतिथ्यमा हुने कार्कीले जानकारी दिनुभयो ।











