Home मुख्य समाचार आन्दोलित श्रमिक र उद्योग प्रशासनबीच सहमति

आन्दोलित श्रमिक र उद्योग प्रशासनबीच सहमति

हेटौंडाः हेटौंडा औद्योगिक क्षेत्रस्थित एन्टार्टिक बिस्कुट प्रालिद्वारा निष्कासित श्रमिक र उद्योग प्रशासनबीच सहमति भएको छ । बिहीबार श्रम तथा रोजगार कार्यालयमा भएको वार्तामा निष्कासन गरिएका ९६ जना श्रमिकलाई रोजगारपत्र दिने सहमति भएको विज्ञप्तिमा उल्लेख छ ।

यस्तै, थप ६ जनालाई समेत नियमित रोजगार प्रदान गर्ने गरी १ सय २ जना श्रमिकलाई नियमित गराउने सहमति भएको समग्र उद्योग ट्रेड युनियन नेपाल मकवानपुरका अध्यक्ष केशवप्रसाद अधिकारीले जानकारी दिनुभयो । परीक्षण अवधि सकिएका श्रमिकलाई श्रम ऐन बमोजिम स्थायी नियुक्ति गर्ने सहमति गरेको उद्योगले आफ्नै लिखित प्रतिबद्धताविपरित निष्कासन गरेपछि फागुन १ गतेबाट श्रमिकहरु आन्दोलित थिए । उद्योगमा हाल ४ सयभन्दा बढी कामदार कर्मचारी कार्यरत छन् ।

Exit mobile version