सांकेतिक तस्वीर ।

हेटौँडा : धादिङ जिल्लाको निलकण्ठ नगरपालिका–८, ससाहस्थित थोपल खोला किनारामा एक जना पुरुष मृत फेला परेका छन् । मृत फेला पर्नेमा धादिङको निलकण्ठ नगरपालिका–९, स्याउली बजारका ३९ वर्षीय राजकुमार गुरुङ रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

मंगलबार बिहान ८ बजेर १० मिनेटको समयमा थोपल खोला किनारामा मृत अवस्थामा फेला परेका थिए । मुचुल्का पश्चात शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल धादिङवेशी लगिएको छ ।