हेटौंडा : सडक स्तरीकरण कार्य गर्नका लागि आइतबारबाट चखेल–मातातीर्थ खण्डको सडक बन्द गरिएको छ । प्रदेश राजधानी हेटौंडा र संघीय राजधानी काठमाडौं आवतजावतका लागि छोटो मार्गको रुपमा रहेको उक्त सडकखण्ड आगामी फागुन २१ गतेसम्मका लागि बन्द गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार ईन्द्रसरोवर गाउँपालिका–५ स्थित महालक्ष्मी दोभानबाट घट्टेखोला–चखेल हुँदै मातातीर्थ जोड्ने सडक बन्द भएको छ । चखेल–मातातीर्थ खण्डको सडकको मोडहरुमा सडक ढलानको काम गर्नुपर्ने भएकाले उक्त सडकखण्डबाट सवारी साधन आवातजवात बन्द भएको प्रहरीले जनाएको छ ।