सांकेतिक तस्वीर ।

हेटौँडा : सिन्धुली जिल्लाको कमलामाई नगरपालिका–१, बलौटामा ट्याक्टर अनियन्त्रि भई दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । गत माग २० गते साँझ ६ बजेर ४५ मिनेटको समयमा मदन भण्डारी राजमार्गमा सिन्धुलीबाट मरिणतर्फ जाँदै गरेको ट्याक्टर अनियन्त्रि भई दुर्घटना हुँदा घाइते भएका चालकको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

दुर्घटनामा चालक कमलामाई नगरपालिका–१, कुण्ड बस्ने ३५ वर्षीय केशव माझीसहित ट्याक्टरमा सवार १४ वर्षीय अर्जुन माझि घाइते भएका थिए । घाइते दुवै जनालाई उपचारका लागि केएमसी अस्पताल काठमाडौं लगिएको थियो । उपचारको क्रममा अर्जुनको गत आइतबार दिउँसो ३ बजेको समयमा मृत्यु भएको थियो भने चालक केशवको आइतबार बिहान ३ बजेको समयमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।