हेटौँडा : चितवन जिल्लाको माडी नगरपालिका–१, बडँवाटोलमा शुक्रबार गैंडाले आक्रमण गर्दा एक जना घाईते भएका छन् । घाईते हुनेमा माडी नगरपालिका–१, गर्दीका ५८ वर्षीय चित्रमणि महतो रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ ।

खेतमा आएको गैंडालाई धपाउने क्रममा महतोलाई गैंडाले आक्रमण गरेको प्रहरीले जानकारी गराएको छ । गैंडाको आक्रमणबाट महतोकोे दाहिने कोखा र टाउकोमा चोट लागेको छ । महतोको स्थानीय बघौडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।