हेटौँडा : पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौँडा–१५, रातोमाटेबाट मकवानपुर प्रहरीले लागूऔषध खैरो हेरोइनसहित २ जना पक्राउ गरेको छ । बिहीबार राती १० बजेर १५ मिनेटको समयमा ९ ग्राम ७५० मिलिग्राम खैरो हेरोइनसहित प्रहरीले काठमाडौं जिल्लाको चन्द्रागिरी नगरपालिका–५, वनस्थलीका २६ वर्षीय प्रशान्त घले र मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका–१, कुलेखानीका ३४ वर्षीय सुदीप थापा मगरलाई प्रहरीले पक्राउ गरेको हो ।
सुरक्षाजाँच गर्ने क्रममा वीरगञ्जबाट हेटौँडातर्फ आउँदै गरेको बा ४२ प ८३१७ नम्बरको मोटरसाईकल चालक घले र मोटरसाईकलमा सवार थापालाई प्रहरीले लागूऔषधसहित पक्राउ गरेको जनाएको छ । लागूऔषधसहित घले र थापा मगरलाई नियन्त्रणमा लिई मकवानपुर जिल्ला अदालत हेटौँडाबाट ५ दिनको म्याद अनुमती लिई हिरासतमै राखेर अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।
