हेटौँडा : धादिङ जिल्लाको थाक्रे गाउँपालिका–७, सातकिलोमा बस अनियन्त्रित भई पल्टँदा १ जनाको मृत्यु भएको छ । आइतबार राती १० बजेको समयमा पृथ्विलोकमार्गमा भत्तपुरबाट चितवनको देवघाट तर्फ जाँदै गरेको बा ३ ख ८९२३ नम्बरको बस आफै अनियन्त्रित भई सडक छेउमा पल्टँदा बसमा सवार एक जना महिलाको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

दुर्घटनामा दोलखाकोे भिरकोट गाउँपालिका बस्ने ५० वर्षीया पार्बती काफ्लेको उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा गम्भिर ३ जना, मध्यम १४ जना र सामान्य–७ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ ।