विद्यार्थीलाई पोशाक सहयोगपछि खिचिएको सामूहिक तस्वीर ।

हेटौँडा : श्री कृष्ण प्रणामी युवा परिषद् नेपालको ३४ औँ वार्षिकोत्सव तथा ३५औं स्थापना दिवसको अवसरमा विद्यार्थीलाई पोशाक वितरण गरिएको छ । मकवानपुरको बकैया गाउँपालिकास्थित माटोकोरी आधारभूत विद्यालयका कक्षा ६ देखि ८ सम्मका विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको हो ।

कार्यक्रममा श्रीकृष्ण प्रणामी युवा परिषद् मकवानपुरका अध्यक्ष सुजन तिमल्सिनाको सभाध्यक्षता तथा गाउँपालिका अध्यक्ष धर्मराज लामिछानेको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रममा श्री कृष्ण प्रणामी युवा परिषद् नेपालका राष्ट्रिय उपाध्यक्ष प्रमोद वाग्ले, पूर्व अध्यक्ष रामप्रसाद शर्माको पनि आतिथ्य रहेको थियो । पोशाक वितरण कार्यक्रम अजय सापकोटाको संयोजकत्वमा भएको हो । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य सुवास गुरुङ, शिक्षक अभिभावक संघका अध्यक्ष विकास थिङ, प्रधानाध्यापक एवम् श्रीकृष्ण प्रणामी युवा परिषद् प्रारम्भिक समिति कर्मचुलीका अध्यक्ष शिव बोलखे, परिषद्का उपाध्यक्षद्वय प्रकाशराज वाग्ले नमराज ढकाल, प्रारम्भिक समिति गुरुधामका अध्यक्ष रूपक वास्ताकोटी, राजपानीका अध्यक्ष विष्णु तिमल्सिना, अक्षराती धामका अध्यक्ष सागर उप्रेती, कर्मचुली मन्दिरका पूर्व अध्यक्ष रामप्रसाद तिमल्सिना, बाइजुराज महिला समिति सदस्य रमा काफ्ले, इकाई समिति सदस्य मन्दिरा बोलखे, मन्दिर इकाई समिति अक्षरातीधामका सचिव राजकिशोर चौलागाईंको आतिथ्य रहेको थियो ।