सांकेतिक तस्वीर ।

हेटौँडा : नुवाकोट जिल्लाको बिदुर नगरपालिका–५, देविघाटमा त्रिसुली नदीले बगाई बिदुर नगरपालिका–९, को एमाले वडासदस्यको मृत्यु भएको छ । मृत्यु हुनेमा बिदुर नगरपालिका–९ लामाटारकी ५४ वर्षीय धनमाया सुनार रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

शनिबार बिहान ७ बजेर ३० मिनेटको समयमा त्रिसुली नदि छेउमा आरती गर्ने क्रममा नदी बगाउँदा सुनार बेपत्ता भएकी थिइन् । सुनारलाई खोज तलास गर्दै जाँदा बिहान ८ बजेर ३५ मिनेटको समयमा मृत फेला परेको प्रहरीले जानकारी दिएको छ । मुचुल्का पश्चात शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल त्रिशुलि लगिएको छ ।