हेटौंडा : मुक्तक मञ्च मकवानपुरको तेस्रो वार्षिकोत्सव सम्पन्न भएको छ । शनिबार मञ्चको तेस्रो वार्षिकोत्सव तथा २१ औँ नियमित मुक्तक वाचन शृङ्खलामा मुक्तककार नीलाञ्जला भारद्वाज र अस्मिता दाहाललाई सम्मान गरिएको छ ।
काठमाडौंका मुक्तककार भारद्वाजलाई नेपाली मुक्तक क्षेत्रमा पुर्याउनुभएको योग्दानको कदर गर्दै सम्मान गरिएको हो । भारद्वाजलाई मुक्तककार डी.बी बर्तौलाको स्वर्गीय पिताको स्मृतिमा स्थापित बहादुरानन्द मुक्तक सम्मान–२०८१ बाट सम्मान गरिएको हो । भारद्वाजलाई नगद ७ हजार ७ सय ७७ रुपौँयासहित सम्मान गरिएको छ ।
सिन्धुलीका दाहाललाई मुक्तककार श्रीराम अधिकारीको स्वर्गीय हजुरआमाको स्मृतिमा स्थापित इन्दिरादेवी मुक्तक सम्मान–२०८१ बाट गरिएको हो । दहाललाई नगद ५ हजार ५ सय ५५ रुपैँयासहित सम्मान पत्रले सम्मान गरिएको हो । मुक्तक मञ्च मकवानपुरका अध्यक्ष सागर तिमल्सिनाको सभाध्यक्षता तथा वरिष्ट लेखक ह्याग्रीब आचार्य प्रमुख आतिथ्यतामा कार्यक्रममा भएको थियो ।