हेटौंडाः मकवानपुरको कैलाश गाउँपालिकामा तेस्रो संस्करणको अध्यक्ष कप फुटबल प्रतियोगिता हुने भएको छ । कैलाश गाउँपालिकाको आयोजना तथा पालिका खेलकुद विकास समितिको व्यवस्थापनमा यही फागुन १४ गतेदेखि १७ गतेसम्म तेस्रो संस्करणको अध्यक्ष कप ‘९’ए साइड नकआउट फुटबल प्रतियोगिता हुने भएको हो ।

पालिका खेलकुद विकास समिति संयोजक मोहन वाइबाले सूचना जारी गर्नुहुँदै प्रतियोगिताको बारेमा जानकारी गराउनुभएको छ । प्रतियोगितमा सहभागी हुनका लागि गाउँपालिकाको वडाका स्थानीय बासिन्दा हुनुपर्ने बताइएको छ ।

प्रतियोगितामा सहभागी हुने खेलाडीहरुका लागि आयोजकले बासस्थानको पनि व्यवस्था गरिएको संयोजक वाइबाले जानकारी दिनुभएको छ । प्रतियोगिताको उपाधि विजेता टिमलाई १ लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ । उपविजेता टिमले ६० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै, सेमिफाइनल खेलमा पराजित हुने टिमलाई १० हजार रुपैयाँ नगद र प्रमाणपत्र प्रदान गरिनेछ । विधागत उत्कृष्ट खेलाडीहरुका लागि पनि पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।