Home मुख्य समाचार आज राति १२ बजेबाट बागमती प्रदेश सभाको छैठौं अधिवेशनको अन्त्य हुँदै

आज राति १२ बजेबाट बागमती प्रदेश सभाको छैठौं अधिवेशनको अन्त्य हुँदै

हेटौंडाः बागमती प्रदेशको प्रदेश सभाको छैठौं अधिवेशन आज राति १२ बजेबाट अन्त्य हुँदैछ । आज बिहान बागमती प्रदेशको मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको मन्त्रीपरिषद्को बैठकले प्रदेश सभाको बैठकको अधिवेशन अन्त्य गर्ने निर्णय गरेको थियो ।

बागमती प्रदेशको निर्णयलाई बागमती प्रदेश प्रमुखले कार्यालयमा सिफारिसको लागि पठाइएको थियो । आजै दिउँसो प्रदेश प्रमुख विष्णु प्रसाईले संविधानको धारा १६६ को उपधारा २ बमोजिम सिफारिस प्रमाणित गर्नुभएपछि बागमती प्रदेश सभाको अन्त्य हुने भएको हो ।

बागमती प्रदेश सभाको अन्त्य भएको घोषणा पत्र प्रदेश प्रमुखको कार्यालयबाट प्रदेश सभामा आइपुगिसकेको प्रदेश सभाका सचिव कृष्णहरि खड्काले बताउनुभयो । उहाँका अनुसार आज राति १२ बजेबाट छैठौं अधिवेशन तथा बर्खे अधिवेशन अन्त्य हुँदैछ ।

Exit mobile version