अन्तरक्रिया कार्यक्रमको तस्वीर ।

हेटौंडाः बागमती प्रदेशको राजधानी हेटौंडामा प्रेस सेन्टर नेपालको २१ औं स्थापना दिवस मनाइएको छ । प्रेस सेन्टर नेपाल मकवानपुरले मंगलबार अन्तरक्रिया कार्यक्रम आयोजना गर्दै दिवस मनाएको हो ।

प्रेस सेन्टर नेपाल मकवानपुरका अध्यक्ष एमपी शर्माको अध्यक्षता तथा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य प्रल्हाद लामिछानेको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो । संविधानसभा सदस्य लामिछानेले तथ्यपूर्ण र जनपक्षीय पत्रकारितामा जोड दिन आग्रह गर्नुभयो ।

नेकपा माओवादी केन्द्र मकवानपुरका अध्यक्ष भीम पाख्रिन, नेकपा माओवादी केन्द्र बागमती प्रदेश सचिवालय सदस्य एवम् जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, प्रेस सेन्टर नेपालका केन्द्रीय महाधिवेशन आयोजक समिति सदस्य मनोज ढोडारी, प्रेस सेन्टर बागमती प्रदेश समितिका महासचिव ध्रुव अधिकारी, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीलगायतको आतिथ्य रहेको थियो ।