हेटौँडा ः सहिद सप्ताहको अवसरमा हेटौँडामा रक्तदान कार्यक्रम भएको छ । हेटौँडा–११ स्थित सहिद स्मारक विकास समितिको आयोजनामा आइतबार भएको कार्यक्रममा १४ जनाले रक्तदान गरेका छन् । रक्तदान कार्यक्रम नेपाल रेडक्रस सोसाइटी नवलपुर उपशाखाको व्यवस्थापनमा भएको हो । रक्तदान कार्यक्रममा रक्तसञ्चार केन्द्र हेटौँडाको प्राविधिक सहयोग रहेको थियो ।