हेटौँडा ः नेपाल राष्ट्रिय शिक्षक संगठन मकवानपुरको १४औं अधिवेशन सुरु भएको छ । शुक्रबार हेटौंडामा संगठनका अध्यक्ष श्रीराम दहालको सभाध्यक्षता तथा संगठनका केन्द्रीय महासचिव हंश बहादुर शाहीको प्रमुख आतिथ्यमा उद्घाटन कार्यक्रम भएको हो ।
उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै सत्तारुढ दलका प्रमुख सचेतक महेश कुमार बर्तौलाले शिक्षामा नागरिकको भरोसा कम हुँदै गएको बताउनुभयो । सार्वजनिक शिक्षामा सबैले नागरिकको भसोरा जित्न आवश्यक रहेको उहाँले बताउनुभयो । शिक्षकहरुले आफूलाई जवाफदेही बनाउन आवश्यक रहेको उहाँले बताउनुभयो । अधिवेशनबाट नयाँ समिति चयन हुनेछ । अधिवेशनको अवसरमा सेवा निवृत्त शिक्षकहरुलाई सम्मान गरिएको थियो ।