हेटौँडाः नाबालिकालाई करणीको प्रयास गरेको अभियोगमा हेटौंडाबाट प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–९ मा बालिकामाथी करणीको प्रयास गरेको अभियोगमा ५५ वर्षीय एक जना पुरुषलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।

पीडित पक्षको जाहेरीका आधरमा हेटौंडा–९ का स्थानीय रहेका पुरुषलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरिक्षक ठाकुर प्रसाद सापकोटाले जानकारी दिनुभयो । ती पुरुषविरुद्ध पीडितका परिवारले बिहीबार प्रहरीमा जाहेरी दिएको उहाँले बताउनुभयो ।

जाहेरी अनुसार हेटौंडा ९ प्रगति टोलका ५५ वर्षीय पुरुषले ९ वर्षीया बालिकालाई जवरजस्ती करणीको प्रयास गरेको परिवारको दावी छ । घटनाको बारेमा अनुसन्धान थालिसकिएको प्रहरीले जनाएको छ । व्यक्तिगत गोपनियता र अनुसन्धान प्रभावित नहोस भन्ने उद्देश्यले जाहेरी परेको व्यक्तिको परिचय सार्वजनिक नगरिएको प्रहरीको भनाइ छ ।