हेटौँडा ः काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका–११, बाँसकोटेमा करेन्ट लागेर एक जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा नवलपरासीको बर्दघाट नगरपालिका–१६ केराबारीका २४ वर्षीय अरुण परियार रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
बिहीबार साँझ ५ बजेको समयमा परियार बत्ति बनाउने क्रममा करेन्ट लागेर घाईते भएका थिए । घाइते परियारलाई उपचारका लागि धुलिखेल अस्पताल लगिएको थियो । उपचारको क्रममा परियारको साँझ ५ बजेर ४८ मिनेटको समयमा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ ।