इन्द्रसरोवर गाउँपालिकाको नयाँ कार्यसमितिको सामुहिक तस्वीर ।

हेटौंडाः नेपाल राष्ट्रिय शिक्षक संगठनको विभिन्न पालिका अधिवेशनबाट नयाँ नेतृत्व चयन गरेको छ । मकवानपुरगढी, बागमती, कैलाश र इन्द्रसरोवर गाउँपालिकाको शनिबार भएको तेस्रो अधिवेशनबाट सर्वसम्मत नयाँ कार्यसमिति चयन गरिएको हो ।

नेपाल राष्ट्रिय शिक्षक संगठन मकवानपुरगढी गाउँपालिकाको अध्यक्षमा राजुप्रसाद गौतम सर्वसम्मत चयन हुनुभएको छ । तेस्रो अधिवेशनले गौतमको नेतृत्वमा १८ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको संगठन प्रचार विभागका डीबी बर्ताैलाले जानकारी दिनुभयो ।

संगठनको उपाध्यक्षमा सुमिता घिमिरे र रामचन्द्र न्यौपाने चयन हुनुभएको छ । सचिवमा जयराम न्यौपाने, सहसचिवमा शारदा दुलाल, कोषाध्यक्षमा विष्णुमाया नगरकोटी र सहकोषाध्यक्षमा शान्तिमाया स्याङ्बो निर्वाचित हुनुभएको बर्तौलाले बताउनुभयो ।

यस्तै, सदस्यहरुमा हीरामाया स्याङ्तान, नवीन भुजेल, शकुन्तला गिरी, साधुराम पुडासैनी, रजनी दुलाल, सानु तितुङ, कविता दाहाल, ममता अधिकारी, शुभद्रा भट्ट, भुवन थिङ र राकेशकुमार दुवे सर्वसम्मत चयन हुनुभएको छ । अधिवेशनले संगठनको वडास्तरीय नेतृत्व पनि चयन गरेको छ ।

नेपाल राष्ट्रिय शिक्षक संगठन मकवानपुरगढी गाउँपालिका–१ नम्बर वडाको अध्यक्षमा आइपी दाहाल, २ मा मिधिलेशकुमार कुसवाह र ३ मा मनमोहन देवकोटालाई चयन गरिएको छ । पालिकाको ४ नम्बर वडामा कल्पनाकुमारी गौतम, ५ मा मनिषा तिमल्सिना र ६ मा इन्द्रजित देवकोटा चयन हुनुभएको छ । यस्तै, वडा नम्बर ७ मा दूधराज न्यासुर र ८ मा पुन्डरी शर्मा चयन हुनुभएको छ ।
संगठनको इन्द्रसरोवर गाउँपालिका अध्यक्षमा गोपु विशङ्खु सर्वसम्मत चयन हुनुभएको छ । तेस्रो अधिवेशनले विशङ्खुको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।

इन्द्रसरोवर गाउँपालिका कमिटी उपाध्यक्षमा सरस्वती थापा मगर र भीमबहादुर स्याङ्तान चयन हुनुभएको छ । सचिवमा धर्मराज बल, सहसचिवमा विरोसमाया थिङ, कोषाध्यक्षमा सुदिप थापा मगर र सहकोषाध्यक्षमा अस्मिता चौलागाईं चयन हुनुभएको छ ।

संगठनको इन्द्रसरोवर गाउँपाालिकाका कार्यवाहक अध्यक्ष संरचना शर्माको अध्यक्षता तथा इन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष देवकृष्ण पुडासैनीको प्रमुख आतिथ्यमा अधिवेशन भएको थियोे । अध्यक्ष पुडासैनीले शिक्षकले सामाजिक चेतनाको विस्तारमा ठूलो योगदान दिएको स्मरण गराउनुहुँदै परिवर्तनका निम्ति शिक्षकले नै भूमिका खेलेको बताउनुभयो ।

नेपाल राष्ट्रिय शिक्षक संगठन राक्सिराङ गाउँपालिकाको अध्यक्षमा पुनः दीपक गुरुङ सर्वसम्मत चयन हुनुभएको प्रचार विभाग प्रमुख सुनिल गौतमले जानकारी दिनुभयो । उपाध्यक्षमा गीता थापा मगर र वीरबहादुर थिङ चयन हुनुभएको छ । सचिवमा रामलाल थिङ र सहसचिवमा अमृता दाहाल चयन हुनुभएको हो । यस्तै, कोषाध्यक्षमा राममाया मुक्तान र सहकोषाध्यक्षमा गोकुल थिङ सर्वसम्मत चयन हुनुभएको छ ।

यसैगरी, नेपाल राष्ट्रिय शिक्षक संगठन बागमती गाउँपालिकाको अध्यक्षमा पुनः देवराज राना सर्वसम्मत चयन हुनुभएको छ । उपाध्यक्षमा प्रमिला राई र दिल भोलन सर्वसम्मत चयन हुनुभएको हो । यस्तै, सचिवमा टेकबहादुर मगर, सहसचिवमा सीता लामा, कोषाध्यक्षमा बालकुमार तिमल्सिना र सहकोषाध्यक्षमा सानुमाया राई चयन हुनुभएको गौतमले बताउनुभयो ।