हेटौँडाः रामेछाप जिल्लामा एकैदिन २ जना मृत फेला परेका छन् । शनिबार भिरबाट लडेर एक महिला र पोखरीमा डुबेर एक पुरुष मृत फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
रामेछाप जिल्लाको गोकुलगङ्गा गाउँपालिका–४, बेतालीमा भिरबाट लडेर एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३३ वर्षीया सरिता नेपाली रहेको प्रहरीले जानकारी दिएको छ । शुक्रबार दिउँसो ४ बजेको समयमा सरिता रामेछाप गोकुलगङ्गा गाउँपालिका–५, नामाडी गएकी थिईन् । शनिबार बिहान ११ बजेको समयमा नेपाली भिरबाट ६ सय मिटर तल खोल्सामा मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ ।
यस्तै, रामेछापको रामेछाप नगरपालिका–८, धारापानीमा पोखरीमा डुबेर एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा बाबियोखर्कका ६२ वर्षीय रामकृष्ण बुढाथोकी रहेको प्रहरीले जानकारी दिएको छ । शनिबार दिउँसो १ बजेर २० मिनेटको समयमा पोखरीमा डुबेर बुढाथोकी मृत अवस्थामा फेला परेका थिए ।