पत्रकार सम्मेलनको क्रममा खिचिएको तस्वीर ।

हेटौंडाः मकवानपुरको मनहरीमा सोनाम ल्होसारको अवसरमा साँकृतिक कार्यक्रम हुने भएको छ । मनहरी गाउँपालिका–७, स्थित बुद्ध शान्ति हरित पार्कमा २८६१ (हुलल्हो) सोनाम ल्होछारको अवसरमा २ दिने वृहत् साँस्कृतिक कार्यक्रम हुने भएको हो ।

बुधबार पत्रकार सम्मेलन मार्फत माघ १६ र १७ गते तामाङ समुदायको भाषा, भेषभुषा, सामाजिक संस्कार र सस्कृतिको संरक्षण एवम् प्रवद्वर्न गर्ने उद्देश्यले कार्यक्रम गर्न लागिएको जनाएको छ । सोही अवसरमा ज्येष्ठ नागरिकलाई सम्मान, राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति र झाँकी प्रदर्शन हुने ल्होछार मुल आयोजक समितिका संयोजक सुरेशकुमार मोक्तानले जानकारी दिनुभयो । कार्यक्रममा राष्ट्रिय कलाकार ज्योति मगरसहित स्थानीय कलाकारको साँस्कृतिक प्रस्तुति रहने उहाँले बताउनुभयो ।

कार्यक्रममा स्थानीय स्तरको मौलिक खाना तथा तामाङ समुदायको परिकार स्टलसँगै बाल उद्यानसहित रहेनछ । कार्यक्रममा करिब ८ लाख ५० हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको उहाँको भनाई छ ।