हेटौँडा ः चितवनको भरतपुर महानगरपालिका–३ पुलचोकमा बिरामी अवस्थामा फेला परेका पुरुषको मृत्यु भएको छ । मंगलबार दिउँसो ४ बजेर २० मिनेटको समयमा हाल नामथर वतन नखुलेको अन्दाजी ६० वर्षीय पुरुष बिरामी अवस्थामा फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
पुरुषलाई उपचारका लागि भरतपुर सरकारी हस्पिटल लगिएकोमा साँझ ५ बजेर ३० मिनेटको समयमा डाक्टरले मृत घोषणा गरेका थिए । अनुसन्धानको क्रममा पुरुष ३ दिन अगाडीबाट पुलचोकमा बसी मागि खाई हिड्ने गरेको पाइएको प्रहरीले जानकारी दिएको छ ।