हेटौँडा ः मकवानपुर उद्योग वाणिज्य संघको आसन्न साधारणसभामा प्रमोद सिंह रानाभाट नेतृत्वको टिम घोषणा गरिएको छ । आइतबार रोयल पार्टी प्यालेसमा व्यवसायी, उद्यमीको बाक्लो उपस्थितिमा रानाभाटले आफ्नो टिम घोषणा गर्नुभएको हो । रानाभाटको टिममा उपाध्यक्षमा वाणिज्यतर्फ रामप्रसाद न्यौपाने, उद्योगतर्फ दीपक उप्रेती, एसोसिएटतर्फ उज्ज्वल चौलागाई र बस्तुगत तर्फ प्रदीप अर्याल रहेका छन् ।
महासचिवमा प्रतिमा श्रेष्ठ, कोषाध्यक्षमा श्रीकृष्ण कर्माचार्य (भाइ), सहकोषाध्यक्षमा निलम वैद्य, सचिवमा वाणिज्यतर्फ कुलप्रसाद चौलागाई, उद्योगतर्फ रुपकराज दाहाल, एसोसिएटतर्फ माधव ज्ञवाली र वस्तुगततर्फ राजाराम कार्की छन् । सदस्यमा वाणिज्यतर्फ राजेन्द्र लामिछाने, राजदेव बनियाँ, सन्तोष घिमिरे, होमनाथ खनाल (रोशन), निलम बजगाई देवकोटा रहेका छन् भने उद्योगतर्फ जगदिश दहाल, कृष्णराज कोइराला, भुपेन्द्रप्रसाद अधिकारी र सीतादेवी भेट्वाल छन् । एसोसिएटतर्फ अंकिता सुमार्गी, नवराज खतिवडा र सुकृत पराजुली र वस्तुगततर्फ कृष्ण अर्याल रहेका छन् ।
प्यानल घोषणा सभालाई सम्बोधन गर्नुहुँदै अध्यक्षका आकांक्षी प्रमोद सिंह रानाभाटले व्यवसायी, उद्योगीको पक्षमा सक्रियताका साथ काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुहुँदै जटिल अवस्थामा नेतृत्वको अवसर रहेको बताउनुभयो । आफ्नो टिमले जिते सदस्य व्यवसायीसँग संघले लिने नवीकरण शूल्क घटाउने प्रतिवद्धता रानाभाटले व्यक्त गर्नुभयो । नयाँ उद्यम र व्यवसायमा लगानीको वातावरण बनाउन पनि आफूले भूमिका निर्वाह गर्ने रानाभाटले स्पष्ट पार्नुभयो ।