Home खेलकुद इलाइट कपमा सन्दीप बागमतीको कप्तान, मकवानपुरका ढकाल र कंशाकार पनि प्रदेश टिममा

इलाइट कपमा सन्दीप बागमतीको कप्तान, मकवानपुरका ढकाल र कंशाकार पनि प्रदेश टिममा

हेटौंडाः इलाइट कप क्रिकेट प्रतियोगिताका लागि बागमती प्रदेश टिमको घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुन लागेको २ दिवसीय क्रिकेट प्रतियोगिताका लागि सन्दीप लामिछानेको कप्तानीमा १७ सदस्यीय बागमती प्रदेशको टिम घोषणा गरिएको छ ।

जनकपुर र वीरगञ्जमा हुने प्रतियोगिताका लागि १७ सदस्य टोलीको घोषणा गर्दा मकवानपुरका रिजन ढकाल र शुभ कंशाकार पनि पर्न सफल भएको हो । क्यानले आयोजना गरेको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा ढकाल चितवन राइनोज र कंशाकार जनकपुर बोल्ट्सबाट खेलेका थिए । रिजन बायाँ हाते तीव्र गतिका बलर हुन् भने कंशाकार व्याट्सम्यान हुन् ।

प्रतियोगितामा बागमती प्रदेश, त्रिभुवन आर्मी क्लब, मधेश प्रदेश लगायतका टिमहरुको सहभागिता रहनेछ । बागमती प्रदेशको टिममा सूर्य तामाङ, प्रतिश जिसी, उत्तम थापा मगर, आशुतोष घिरैया, रित गौतम, इशान पाण्डे, विपीन आचार्य, रोविन जोशी, रोहन विश्वकर्मा, अशोक पौडेल, सूर्यान्सु कोइराला, नन्दन यादव, प्रतीक श्रेष्ठ, तिलक राज भण्डारी र दयानन्द मण्डल छनोट भएका छन् ।

Exit mobile version