हेटौँडा ः हेटौँडा–१४, भोलनटोलकी १८ वर्षीय बिमला डिम्डुङको मृत्यु भएको छ । मनहरी गाउँपालिका–२, टाडी घर भई हाल मामाघर बस्दै आएकी बिमलालाई श्वासप्रश्वासमा समस्या भएपछि शनिबार दिउँसो ४ बजेको समयमा हेटौँडा अस्पताल पुर्याइएको थियो ।
मामा गंगाराम मोक्तानको घरमा बस्दै आएकी १८ वर्षीया बिमला डिम्डुङ स्वासप्रस्वासको बिरामी भई उपचारको लागी हेटौडा अस्पताल ल्याएकोमा उपचार पश्चात थप उपचारको लागि सिएमसी चुरेहिल अस्पताल पुर्याइएको थियो । चुरेहिल अस्पतालमा उपचारको क्रममा साँझ ५ बजेर ५ मिनेटको समयमा बिमलाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक बिमलाका बुबा कारागारमा रहेको र आमा बैदेशिक रोजगारीको सिलसिलामा जोर्डन रहेको प्रहरीले जानकारी दिएको छ ।