हेटौँडा ः चितवन राष्ट्रिय निकुञ्जको सेनाको टोलीले हेटौंडामा ५ राउण्ड हवाई फायर गरेर गैंडाको खाग तस्कर पक्राउ गरेको छ । बिहीबार दिउँसो हेटौंडा–५ गर्दोई र हेटौंडा–८ को सिमानाबाट खाग तस्कर पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार गैंडाको खाग तस्करलाई पक्राउ गर्न हवाई पाएर गरिएको हो । चितवन राष्ट्रिय निकुञ्जको संरक्षण अधिकृतको नेतृत्वमा खटिएको टोलीले गैडाको खागसहित एक जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिनुभयो । घटनाबारे पूर्ण जानकारी निकुञ्ज मार्फत गर्नेगरी तस्करीमा संलग्न व्यक्तिलाई पक्राउ गरी लगिएको उहाँले बताउनुभयो ।
उहाँका अनुसार विशेष सुराकीका आधारमा तस्कर पक्राउ गर्न २ वटा भ्यानमा हेटौंडा आएका ७/८ जना सेनाको टोलीले तस्कर भाग्न खोज्दा हवाई फायर गरेको बताइएको छ । वार्डेेन गणेश पन्तले पक्राउ गरिएको पुष्टि गर्नुहुँदै हेटौँडाबाट निकुञ्ज ल्याएपछि विस्तृत विवरण सार्वजनिक गर्ने जानकारी दिनुभएको छ ।