सांकेतिक तस्वीर ।

हेटौँडा ः मकवानपुरको राक्सिराङ गाउँपालिकामा रुखको हाँगाले लागेर महादेव प्रजाको मृत्यु भएको छ ।

आइतबार बिहान १० बजेर ५० मिनेटको समयमा राक्सिराङ गाउँपालिका–३, सिमलडाँडा जंगलमा पानीको कुलो खन्नका लागि गएका राक्सिराङ–५, ठाडेगाउँका ५२ वर्षीय महादेव प्रजाको रुखको हाँगाले लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । १० जनाको समूहले कुलो खनिरहँदा सिमलको रुखको हाँगा भाँचिएर कुलो खन्दै गरेका महादेव प्रजालाई लागेको प्रहरीले जनाएको छ ।