Home मुख्य समाचार योद्धा गाडिको ठक्करबाट घाइते साइकल चालकको मृत्यु

योद्धा गाडिको ठक्करबाट घाइते साइकल चालकको मृत्यु

हेटौँडाः चितवन जिल्लाको भरतपुर महानगरपालिका–१०, रिजालचोकमा योद्धा गाडिको ठक्करबाट घाइते साइकल चालकको उपचारको क्रममा मृत्यु भएको छ । गत सोमबार दिउँसो २ बजेर २५ मिनेटको समयमा चौबिसकोठीबाट गोन्द्राङतर्फ जाँदै गरेको ना ४ च ९०६० नम्बरको योद्धा गाडिको ठक्करबाट घाइते भएका साइकल चालक ६७ वर्षीय रामचन्द्र बर्तौलाको उपचारको क्रममा मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

गाडिको ठक्करबाट गम्भिर घाइते बर्तौलालाई उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुर लगिएकोमा सामान्य उपचार पश्चात थप उपचारका लागि मंगलबार दिउँसो १ बजेर १० मिनेटको समयमा काठमाडौंको बाँसबारीस्थित न्युरो अस्पताल लगिएको थियो । बर्तौलाको शुक्रबार दिउँसो १ बजेर २६ मिनेटको समयमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाकारी दिएको छ । गाडि चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Exit mobile version