महासंघको साधारणसभाका क्रममा खिचीएको तस्वीर ।

हेटौँडाः राष्ट्रिय अपाङ्ग महासंघको बागमती प्रदेश समितिको साधारणसभा तथा अधिवेशन हेटौँडामा सुरु भएको छ । राष्ट्रिय अपाङ्ग महासंघ बागमती प्रदेश समितिका अध्यक्ष अश्विन लम्सालको अध्यक्षता तथा बागमती प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेको प्रमुख आतिथ्यमा साधारणसभाको उद्घाटन कार्यक्रम भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री काफ्लेले धेरै समस्याबीच अपाङ्गता भएका व्यक्तिहरुको संगठनमा देखिएको पक्ष र विपक्षले संगठन बन्न नसक्ने बताउनुभयो । लामो समयसम्म टिक्ने चिन्तन र चरित्र अबको अवस्थाअनुसार परिवर्तन गर्न जरुरी रहेको उहाँले बताउनुभयो । साधारणसभाबाट नयाँ सिित चयन हुनेछ । प्रदेश समिति चयनका लागि शनिबार निर्वाचन प्रक्रिया अगाडि बढ्ने बताइएको छ ।