हेटौँडाः मकवानपुरको बकैया गाउँपालिकामा झोलुङ्गे पुल निर्माण कार्यको थालनीस्वरुप शिलान्यास गरिएको छ । ईस्थर बेन्जामिन स्मृति संस्थासँगको सहकार्यमा बकैया १२ धोत्रेदामारमा झोलुङ्गे पुल निर्माण कार्य सुरु भएको हो ।
बिहीबार बकैया गाउँपालिकाका अध्यक्ष्य धर्मराज लामिछाने र ईस्थर बेन्जामिन स्मृति संस्थाका कार्यक्रम अधिकृत सानु कान्छा घलानको उपस्थितिमा शिलान्यास कार्य सम्पन्न भएको हो । २०७२ सालको भूकम्पले जीर्ण बनाएको कालाभैरव आधारभूत विद्यालय यसअघि संस्थाकै सहयोगमा निर्माण सम्पन्न भएको थियो ।
बालबालिका तथा स्थानीयको आवतजावतलाई सहज बनाउने उद्देश्यले झोलुङ्गे पुल निर्माण गर्न लागिएको हो । बकैया गाउँपालिकाको प्राविधिक सहयोग तथा संस्थाको ४० लाख रुपैयाँ सहयोगमा पुल निर्माण कार्य सम्पन्न गरिने छ । कार्यक्रममा बकैया गाउँपालिका सामाजिक विकास संयोजक तथा वडा नम्बर ११ का अध्यक्ष गोपाल न्यासुर, वडा नं १२ का अध्यक्ष ज्ञानेन्द्र बजगाई, इन्जिनियर प्रमोद रिजाल, १२ नं वडा का सचिब दीपक घिमिरेलगायतको उपस्थिति रहेको थियो ।