हेटौँडाः छैठौं रणबहादुर थापा स्मृति हाजिरीजवाफ प्रतियोगितामा ब्रह्मदिक् एकेडेमी प्रथम भएको छ । हेटौँडा–७ स्थित तासिर ईङलिस सेकेण्डरी स्कूलले बिहीबार आयोजना गरेको प्रतियोगितामा २२ वटा विद्यालयको सहभागिता रहेको थियो ।
प्रतियोगितामा तुलसी मेहर मेमोरियल विद्यालय द्वितीय र सोलिड्यारिटी इन्टरनेशनल एकेडेमीले तृतीय हुन सफल भयो । प्रथम स्थान हासिल गरेको ब्रह्मदिक्ले नगद २० हजार १५५ रुपैयाँ, द्वितीय स्थान हासिल गरेको तुलसी मेहरले १५ हजार १५५ रुपैयाँ, तृतीय स्थान हासिल गरेको सोलिड्यारिटीले १० हजार १५५ रुपैयाँसहित मेडल, ट्रफि र प्रमाणपत्र प्राप्त गरेको छ ।
तासिर ईङलिस सेकेण्डरी विद्यालयका संस्थापक राजन थापाका पिताको स्मृतिमा हरेक वर्ष हाजिरीजवाफ प्रतियोगिता आयोजना गरिँदै आएको छ । रामहरि कार्कीको अध्यक्षता तथा बागमती प्रदेशका वन तथा वातावरण मन्त्री कृष्ण प्रसाद सिलवालको प्रमुख आतिथ्यमा भएको रहेको कार्यक्रममा संस्थापक राजन थापा, संस्थापक राजन थापाकी माता नीरकुमारी थापा, प्रिन्सिपल विनोद थपलिया, प्रमुख सल्लाहकार दिलबहादुुर श्रेष्ठ, विद्यालय व्यवस्थापन समितिका सदस्य प्रेम चौलागाईको उपस्थिति रहेको थियो ।