हेटौंडाः हेटौंडा–९ स्थित नेपाल तीर्थ प्रकाश संघलाई ५० हजार एक सय पाँच रुपैयाँ सहयोग प्राप्त भएको छ । पूर्व जालस्रोत राज्यमन्त्री तथा संघीय संसदको पूर्वाधार विकास समितिका सभापति दीपक बहादुर सिंहले आफ्नो तलब तथा भत्ताबाट पाएको रकम संघका अध्यक्ष देवीप्रसाद कोइरालालाई हस्तान्तरण गर्नुभएको हो ।
सत्यनारायण मन्दिर तथा चौरासी तीर्थ अक्षयधामको सहयोगार्थ स्वरुप रकम सहयोग गरिएको सिंहले बताउनुभयो । कार्यक्रममा बागमती प्रदेशको सचिव गुञ्जन न्यौपाने, राष्ट्रिय प्रजातन्त्र पार्टी हेटौंडा–९ नम्बर वडा कमिटीका उपाध्यक्ष हरिबहादुर खड्का, राष्ट्रिय प्रजातन्त्र पार्टी मकवानपुरका उपाध्यक्ष सागर थापा लगायतको उपस्थिति थियो ।