हेटौँडाः नेकपा एमाले हेटौँडा उपमहानगरपालिका कमिटीको अधिवेशनअन्तर्गत निर्वाचनको प्रक्रियामा नगर अध्यक्षका आकांक्षी इन्द्र नेपाल र नवराज खतिवडाले उम्मेदवारी फिर्ता लिनुभएको छ । शनिबार उम्मेदवारी दर्ता गर्नुभएका इन्द्र र नवराजले आइतबार उम्मेदवारी फिर्ता लिनुभएको हो ।

इन्द्र र नवराजले उम्मेदवारी फिर्ता गर्नुभएसँगै अब नेकपा एमालेको हेटौँडा उपमहानगर कमिटीको अध्यक्षमा बोलबहादुर कार्की र जनरल श्रेष्ठ ‘जेन’ बीच प्रतिस्पर्धा हुने देखिएको छ । निर्वाचन समितिले अन्तिम नामावली प्रकाशनको तयारी गरिरहेको छ । यस्तै सचिव पदका उम्मेदवार सविन मुक्तानले पनि उम्मेदवारी फिर्ता लिनुभएको छ ।