नवीन सुवेदी ।

हेटौंडाः नेकपा एमाले मनहरी गाउँपालिकाको अध्यक्षमा नवीन सुवेदी सर्वसम्मत चयन हुनुभएको छ । शुक्रबार सम्पन्न दोस्रो अधिवेशनले सुवेदीको नेतृत्वमा ५१ सदस्यीय पालिका कमिटी चयन गरेको हो ।

उपाध्यक्षमा बुद्धिराम मुक्तान, सचिवमा पोषक बाबु विष्ट, सहसचिवमा अमृत बार्तौला र समावेशी सहसचिवमा उमा लामा चयन हुनुभएको छ । ३३ प्रतिशत महिलाको सहभागिता कार्यसमितिमा रहेको मनहरी गाउँपालिकाका पूर्व अध्यक्ष एकराज उप्रेतीले जानकारी दिनुभयो ।