हेटौँडाः हेटौँडास्थित थोक तरकारी बजारमा तरकारीको मूल्य घटेकोे छ । स्थानीय तरकारी बजारमा आएसँगै तरकारीको मूल्य घटेको हो । आइतबार बजारमा काउली र रायोको सागको मूल्य बढेको छ । शनिबार प्रतिकिलो ६० रुपैयाँमा बिक्री भएको काउली आइतबार २० रुपैयाँले भाउ बढेर प्रतिकिलो ८० रुपैयाँ बिक्री भएको छ भने शनिबार ७० रुपैयाँले बिक्री भएको गोलभेडा आइतबार १० रुपैयाँले भाउ घटेर ६० रुपैयाँमा बिक्री भएको हेटौँडा–१ स्थित थोक तरकारी बजारको परिजात फलफूल तथा तरकारी सप्लायर्सका प्रोप्राइटर बद्रि घिमिरेले जानकारी दिनुभयो ।
आइतबार थोक बजारमा साग प्रतिमुठा २५ रुपैयाँ, केराउकोसा १५० रुपैयाँ, लसुनको साग १५० रुपैयाँ, धनियाँ ८० रुपैयाँ, बन्दा २५ रुपैयाँ, घिउसिमी ८० रुपैयाँ, घरसिमी ८० रुपैयाँ, तितेकरेला १०० रुपैयाँ, मुला ४० रुपैयाँ, नयाँ आलु ६२ रुपैयाँ, लौका ४५ रुपैयाँ, खुर्सानी ६० रुपैयाँ, हरियो प्याज साग ६० रुपैयाँ प्रतिकिलो विक्री भएको छ ।
यस्तै पाकेको फर्सी ३५ रुपैयाँ, हरियो फर्सी ६० रुपैयाँ, गाँजर १३० रुपैयाँ, मकै बोडी ६० रुपैयाँ, कागती १६० रुपैयाँ, काँक्रो ८० रुपैयाँ, भन्टा ६० रुपैयाँ, भिडे खोर्सानी १०० रुपैयाँ, इस्कुस २० रुपैयाँ, भिन्डी १२० रुपैयाँ, चमसुर पालुङ्गो साग ३० रुपैयाँ, सुप साग ३० रुपैयाँ, र पत्ता च्याउ १२० रुपैयाँ किलो बिक्री भएको घिमिरेले बताउनुभयो ।