अध्यक्ष पदको उम्मेदवारी दर्ता गर्नुहुँदै सुरेश श्रेष्ठ ।

हेटौँडाः नेपाल पत्रकार महासंघ मकवानपुर जिल्ला शाखाको अध्यक्षका लागि ५ जनाको उम्मेदवारी परेको छ । निर्वाचन कार्यक्रमअन्तर्गत बुधबार भएको उम्मेदवारी दर्ताको कार्यक्रमअनुसार अध्यक्ष पदका लागि सुरेश श्रेष्ठ, बालकृष्ण अधिकारी, अञ्जली थापा, पोष्टराज अधिकारी र शिव कुमार रिजालको उम्मेदवारी परेको छ ।

महासंघको निर्वाचन कार्यक्रमअन्तर्गत शुक्रबार मतदान हुनेछ । नेपाल पत्रकार महासंघ मकवानपुर जिल्ला शाखाको १८ सदस्यीय समिति चयनका लागि निर्वाचन हुँदैछ । ३ वर्षे कार्यकालका लागि एक सय १७ जना मतदाताले मतदान गर्नेछन् । यसअघि गत शनिबार संघीय समितिको र सोमबार प्रदेश समितिको उम्मेदवारी दर्ता भएको थियो । संघीय समितिको अध्यक्ष पदका लागि निर्मला शर्मा र रमेश विष्टको उम्मेदवारी परेको छ भने बागमती प्रदेश समितिको अध्यक्ष पदका लागि शिव देवकोटा र कृष्ण सारु मगरले उम्मेदवारी दर्ता गर्नुभएको छ ।