Home मुख्य समाचार पशुपतिको मानवबस्ती हटाउने गुरुयोजनामा प्रदेश सांसदको विरोध

पशुपतिको मानवबस्ती हटाउने गुरुयोजनामा प्रदेश सांसदको विरोध

फाइल तस्विर

हेटौंडाः बागमती प्रदेश अन्तर्गगत पर्ने पशुपति क्षेत्र विकास कोषले गूरु योजनाको नाममा पुरै मानव बस्ती खाली गर्ने अवधारणा ल्याएकोमा प्रदेश सांसद नरोत्तम वैद्यले विरोध गर्नुभएको छ । नेपाल सरकारले गुरुयोजनालाई अनुमोदन गरिसकेपछि पशुपति क्षेत्र विकास निमाणको, पूर्वाधार र पदमार्गको नाममा मानव बस्ती पुरै खाली हुने सांसद वैद्यले बताउनुभयो ।

केबल महादेव भगवान हुने र अन्य भगवानहरु मात्र हुने गरी गुरुयोजना ल्याएर सरकारमा अनुमोदन गर्न पठाएकोमा उहाँले विरोध जनाउनुभएको हो । उहाँले पशुपति क्षेत्र विकास कोषले स्थानिय जनप्रतिनिधी, प्रदेश सांसद लगायत संघीय सांसदसँग पनि छलफल नगरी गुरुयोजना बनाएकोमा गुनासो व्यक्त गर्नुभयो ।
उहाँले प्रदेश सरकारलेको अधिकार छैन भनेर मुख्यमन्त्री र सरकारलाई पन्छिन नहुने बताउनुभयो । बागमती प्रदेश सरकारले संघीय सरकारसँग वार्ता गरेर पशुपतिको गुरुयोजना पनि हुने र पुरै बस्ती पनि खाली नहुने गरी सहकार्य गर्नुपर्ने बताउनुभयो ।

पशुपति नाथको सुरक्षा प्रहरीले मात्र गर्न नसक्ने भन्दै पुरा बस्ती भएकै कारण पशुपतिनाथ सुरक्षित रहेको सांसद वैद्यको भनाई छ । प्रदेश सरकारले सबैको सल्लाह लिएर एउटा निचोडमा पुग्नुपर्ने सांसद वैद्यले बताउनुभयो । अहिलेको अवस्थामा पशुपति नाथको गुरुयोजना सरकारले अनुमोदन गरे पशुपती बासीहरु चुप नबस्ने र ललितपुरको खोकनामा भएको प्रहरीको दमन, लाठिचार्ज जस्तै गरेपनि संघर्ष गर्ने भन्दै उहाँले बागमती प्रदेश सरकारको ध्यानाकर्षण गराउनुभयो ।

Exit mobile version