न्यानो कपडा वितरणपछि खिचिएको सामूहिक तस्वीर ।

हेटौंडाः हेटौंडा एड्भेञ्चर क्लबले मकवानपुरको कैलाश गाउँपालिकास्थित कालिका माध्यमिक विद्यालयका २०० जना विद्यार्थीलाई आइतबार न्यानो कपडा वितरण गरेको छ । क्लबका अध्यक्ष सुशील सुवेदीका अनुसार क्लबका सदस्यहरुबाट संकलित रकमबाट बालबालिकालाई करिब ९० हजार रुपैयाँ बराबरको न्यानो कपडा वितरण गरिएको हो ।

पुरुषोत्तम रिमालको संयोजकत्वमा न्यानो कपडा वितरण कार्यक्रम भएको हो । न्यानो कपडा वितरण कार्यक्रम क्लबका अध्यक्ष सुशील सुवेदीको सभाध्यक्षता तथा कालिका माविका प्रधानाध्यापक रामचन्द्र कालाखेलीको प्रमुख आतिथ्यमा भएको हो । विद्यालयका प्रधानाध्यापक कालाखेतीले सहयोगप्रति आभार व्यक्त गर्नुभयो । हेटौंडा एडभेञ्चर क्लबले नेपालमा रहेका ७७ वटै जिल्लाका धार्मिक पर्यटकीयस्थलहरूको प्रचारप्रसार लगायत विभिन्न सामाजिक कार्य गर्दै आएको छ । क्लबले यसअघि असोजमा हेटौंडाका पर्यटकीयस्थलहरुको प्रचार–प्रसारका लागि सम्पदा यात्रा तथा कात्तिक २१ गतेदेखि ९ दिने डोल्पा को यात्रा गरेको थियो । क्लबमा ४१ जना सदस्य रहेका छन् । क्लबले पर्यटन, खेल तथा सामाजिक क्षेत्रमा काम गरिरहेको सचिव मनोज कुमार गौतमले जानकारी दिनुभएको छ ।