हेटौडाः परिवारकै सदस्यबाट मारिएकी हेटौंडा–४, गर्दोईकी सुस्मिता क्षेत्रीको नाममा स्थानीयले सुस्मिताको घर नजिकैको चोकको नाम सुस्मिता चोक राखेका छन् । स्थानीयवासीको अग्रसरतामा सुस्मिताको घर नजिकैको चोकको नाम शनिबार सुस्मिता चोक नामाकरण गर्दै बोर्ड राखिएको छ । सुस्मिता हत्याकाण्डमा दोषीलाई कारवाहीको माग गर्दै स्थानीयले प्रदर्शन गर्नुका साथै स्थानीय प्रशासन र प्रहरीलाई दबाव दिँदै आएका छन् । मकवानपुर जिल्ला अदालतले बुधबार सुस्मिताको हत्यामा संलग्न रहेको अभियोग लागेका ससुरा प्रकाश थापा, सासु तुलसा थापा, नन्दहरु दुर्गा थापा र सीता थापालाई थुनामै राखेर अनुसन्धान गर्न आदेश दिएको छ ।
सुस्मिताको स्मृति
ताजा अपडेट
ट्रेन्डिङ
हेटौंडाको थोक तरकारी बजारमा भेँडे खुर्सानी, रायोको साग, फर्सी, बोडी, करेला,...
हेटौंडाः हेटौंडाको थोक तरकारी बजारमा आज बैशाख २१ गते आइतबार भेँडे खुर्सानी, रायोको साग, हरियो फर्सी, बोडी, करेला, भिन्डी सस्तो भएको छ...