सांकेतिक तस्वीर ।

हेटौँडाः मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–४, पौवामा डाँडाबाट लडेर ५० वर्षीया शर्मिला डिम्डुङको मृत्यु भएको छ । इन्द्रसरोवर–३, छुरिगाउँकी शर्मिला शनिबार दिउँसो कुलेखानी जान्छु भनी घरबाट निस्किएकी थिइन् ।

बेलुकासम्म घर नफर्किएपछि आफन्तले शर्मिलाको खोजी गर्दै जाँदा इन्द्रसरोवर–४, पौवास्थित डाडाँबाट ५० फिट तल खसेर मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । आइतबार दिउँसो १ बजेको समयमा प्रहरी चौकी फाखेलबाट प्रहरी टोली खटिएर घटनास्थल पुगेको थियो । प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।

यस्तै बारा जिल्लाको जितपुर–सिमरा उपमहानगरपालिका–२२, अम्लेखगन्जस्थित क्वीक–२० होटलमा कार्यरत ५५ वर्षीय विजय थिङको मृत्यु भएको छ । हेटौँडा–१२–पदमपोखरीका स्थायीबासी विजय होटलमा काम गर्दै आएका थिए । आइतबार बिहान १० बजेर ४५ मिनेटको समयमा साथीहरुसँग गफ गर्दा गर्दै आफै अचानक लडेर विजय घाईते भएका थिए । उपचारका लागि हेटौँडा–११, थानाभ¥याङस्थित चुरेहिल अस्पताल पु¥याइए विजयको उपचारको क्रममा आइतबार बिहान ११ बजेर ३० मिनेटको समयमा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ ।