धर्मराज बस्नेत ।

हेटौँडाः नेपाल वन पैदावार उद्योग व्यवसायी संघ मकवानपुरको चौथो साधारणसभा तथा अधिवेशन सम्पन्न भएको छ । शनिबार हेटौँडा–१९, बस्तीपुरमा भएको अधिवेशनले दोस्रो कार्यकालका लागि धर्मराज बस्नेतलाई अध्यक्ष चयन गरेको छ ।

कार्यक्रममा संघका कोषाध्यक्ष दिनेश राज रेग्मीले प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । अधिवेशनले १३ सदस्यीय कार्यसमिति चयन गरेको संघका अध्यक्ष धर्मराज बस्नेतले जानकारी दिनुभयो । अधिवेशनबाट उपाध्यक्षमा भोजराज लामिछाने र अन्जनी पराजुली, महासचिवमा ज्ञानेद्र राज ढुङ्गेल, सचिवमा नारायण कुमार लामा चयन हुनु भएको छ । यस्तै सदस्यमा अशोक न्यासुर, आकाश पाख्रिन, विमल नेपाल, यदुनाथ श्रेष्ठ, निरोज पौडेल, मन बहादुर लामिछाने, कमल कोइराला र अमर राना चयन हुनुभएको छ । नवनिर्वाचित समितिको कार्यकाल ३ वर्षको रहने छ ।

संघका अध्यक्ष धर्मराज बस्नेतको सभाध्यक्षतामा अधिवेशनको उद्घाटन समारोह भएको थियो । कार्यक्रममा केन्द्रीय सदस्य गोपाल चन्द्र श्रेष्ठ, बागमती प्रदेश अध्ययनका रबिन्द्र वैदार, बारा जिल्लाकका अध्यक्ष गणेश श्रेष्ठको पनि उपस्थिति रहेको थियो ।