Home मुख्य समाचार सेनिटाइजरको नाममा बजारमा लुटः सांसद थापा

सेनिटाइजरको नाममा बजारमा लुटः सांसद थापा

हेटौंडाः कोरोना भाइरस (कोभिड–१९) को विषम् परिस्थतीमा सेनिटाइजरको नाममा बजारमा लुट भएको बागमती प्रदेशका सांसद शशिजंग थापाले बताउँनुभयो । आज बागमती प्रदेशको बैठकमा बोल्नुहुँदै नेपलामा यत्रतत्र पाइने हान्ड सेनिटाइजरको गुणस्तर परीक्षण भए नभएको निक्यौल हुुनुपर्ने उहाँले बताउनुभयो ।

नेपालमा पाइएका सेनिटाइजर सबै सरकामा दर्ता छ कि छैन र विश्व स्वास्थ्य संगठनको मान्यता अनुरुप उत्पादन भए नभएको परीक्षण हुनुपर्ने बताउनुभयो । उहाँका अनुसार अहिले प्रयोग गरिरहेको सेनिटाइजर विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार नभएको र नक्कली रहेको बताउनुभयो ।

विश्व स्वास्थ्य संगठनका अनुसार ७० प्रतिशत भन्दा माथि अल्कोहल रहेको सेनिटाइजरले मात्र किटाणु नाश गर्ने हुँदा अहिलेको सेनिटाइजरमा ४० देखि ६० प्रतिशत मात्र अल्कोहल पाइएको बताउनुभयो । नक्कली सेनिटाइजरले गर्दा विश्व स्वास्थ्य संगठनको मान्यता अनुसार उत्पादन हुने स्वदेशी उद्योगहरुले बजार नपाएको उहाँको भनाई छ । स्वदेशी उद्योगहरुको उत्पादन गरेको सेनिटाइजर प्रदेश सरकार र मातहतका कुनै पनि कार्यालयमा प्रयोग नभएको भन्दै सम्बन्धी निकायको प्रदेश सरकारले ध्यानाकर्षण गराउनु पर्ने सांसद थापाले माग गर्नुभयो ।

फरक प्रसङ्गमा उहाँले रामको जन्म भारतको अयोध्यामा नभएर नेपालको अयोध्या ठोरीमा भएको प्रधानमन्त्रीको अभिव्यक्तिले सिंगो नेपाली जनताले गर्वको अनुभूति गर्न पाएको बताउनुभयो । पुरातात्विकविदहरुले यसबारे अनुसन्धान गर्न थालेकोमा उहाँले प्रधानमन्त्रीलाई धन्यवाद समेत दिनुभएको छ ।

Exit mobile version