हेटौंडाः भैरव अर्याल स्मृति साहित्य सम्मान–२०८१ बाट हास्यव्यंग्यकार रामकुमार पाँडेलाई सम्मान गरिने भएको छ । साहित्य संगम मकवानपुरले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै २१ हजार एक सय ११ रुपैयाँसहित पाँडेलाई सम्मान गर्न लागिएको जनाएको छ ।
साहित्य संगम मकवानपुर र सिस्नुुपानी नेपाल मकवानपुरको संयुक्त आयोजनामा प्रत्येक वर्ष समर्पण गर्दै आइरहेको सम्मान यस वर्ष पाँडेलाई समर्पण गरिने निर्णय गरिएको संगमका अध्यक्ष डीबी बर्ताैला र सिस्नुपानीका अध्यक्ष संप्रस पौडेलको संयुक्त हस्ताक्षर रहेको विज्ञप्तिमा उल्लेख्य गरिएको छ । भैरव अर्यालको अर्धकदको प्रतिमा रहेको पुष्पलाल स्मृति पुस्तकालय परिसरमा आउँदो पुस १५ गते पाँडेलाई सम्मान समर्पण गरिनेछ । हास्यव्यंग्यकार भैरव अर्यालको स्मृतिमा छोरा दीपक अर्यालले उक्त पुरस्कार स्थापना गर्नु भएको हो ।