हेटौँडाः मकवानपुर जिल्ला क्रिकेट संघले महिला क्रिकेट खेलाडी उत्पादन गर्ने योजना बनाएको छ । महिला क्रिकेट खेलाडी उत्पादनलाई जोड दिनका लागि मकवानपुर जिल्ला क्रिकेट संघले नियमित प्रशिक्षणको तयारी गरिरहेको छ । सोमबारबाट संघले क्रिकेट खेल्न इच्छुक महिलालाई नाम दर्ता गराउन आग्रह गरेको छ ।
फारम दर्ता प्रक्रिया सुरु उक्त कार्यलाई अगाडि बढाउन लागेको बागमती प्रदेश तथा जिल्ला क्रिकेट संघका सदस्य सञ्जोक पोखरेलले जानकारी दिनुभएको छ । संघको फेसबुक पेजमार्फत दर्ता प्रक्रिया सुरु गरेर महिला खेलाडी उत्पादनको कार्यलाई प्राथमिकता दिएको बारेमा जानकारी गराइएको पोखरेलले बताउनुभयो । १९ वर्ष उमेर समूहको तथा सिनियर खेलाडीलाई विशेष रुपले प्राथमिकता दिएर खेलाडी उत्पादन गर्ने घोषणा अनौपचारिक रुपमा गरेको सदस्य पोखरेलले बताउनुभयो । मकवानपुर जिल्ला भित्रको स्थानीयलाई हेटौंडा–४, हुप्रचौरमा प्रशिक्षण दिनेगरी व्यवस्था मिलाइएको उहाँले बताउनुभयो । प्रशिक्षणमा दर्ता गराएका मकवानपुरका सम्पूर्ण महिला खेलाडीहरुले सहभागिता जनाउन पाउने गरी व्यवस्था मिलाइएको बताउनुहुँदै सीमित सहभागी हुन आउने सबै खेलाडीलाई प्राथमिकतामा राखेर प्रशिक्षण दिइने उहाँले बताउनुभयो ।
प्रशिक्षणमा सहभागी हुन आउने खेलाडीहरुलाई मकवानपुरका प्रशिक्षक राम नरेश गिरी तथा बागमती प्रदेशकी महिला खेलाडी सुजिता थापाले प्रशिक्षण दिनुहुने उहाँले बताउनुभयो । संघले महिला खेलाडीलाई विशेष ढंगबाट प्राथमिकता दिएको कारणले खेलाडीहरुको सहभागिता उल्लेखनीय रहने अपेक्षा गरिएको धारणा संघका सदस्य पोखरेलले राख्नुभयो । मकवानपुरका सिनियर तथा जुनियर उमेर समूहका पुरुष खेलाडीहरुले क्रिकेट खेल मार्फत आफ्नो भविष्य निर्माण गरेको कुरालाई मूल्याङ्कन गरेर र व्यावसायिक सम्भावना पनि बढेको कारणले उनीहरुको भविष्य बनाउने र क्रिकेट खेलमा महिला टिम मार्फत मकवानपुर जिल्लालाई उच्च देखाउने उद्देश्यले लिएर प्रशिक्षण दिने व्यवस्था मिलाउन लागेको उहाँले बताउनुभयो ।
महिला खेलाडीको दर्ता क्रम जारी रहेको र दर्ता प्रक्रिया सकाएर महिला खेलाडीको प्रशिक्षणको समय मिलाइने उहाँले जानकारी दिनुभयो । महिला खेलाडीहरुका लागि निःशुल्क प्रशिक्षणको व्यवस्था मिलाइएको बताउनुहुँदै सदस्य पोखरेलले भन्नुभयो, “प्रशिक्षणका लागि सबै खर्च क्रिकेट संघले व्यहोने छ । त्यस मध्ये नेपाल क्रिकेट टिमका पूर्व राष्ट्रिय प्रशिक्षक तथा यु–१९ क्रिकेट टिमका वर्तमान राष्ट्रिय प्रशिक्षक जगद बहादुर टमाटाले ५० हजार रुपैयाँ सहयोग गर्नुभएको छ । सो रकमबाट पनि हामीलाई केही सहयोग मिल्ने छ । गत जेठ महिनाको २ गते रोटरी क्लब अफ हेटौंडाले प्रशिक्षक जगत बहादुर टमाटालार्ई भोकेसनल एक्सिजेन्स अवार्डबाट १ लाख रुपैयाँ नगद राशिसहित सम्मान गरेकोमा ५० हजार रुपैयाँ महिला क्रिकेट खेलाडीको विकासका लागि संघलाई सहयोग गरेको उहाँले बताउनुभयो । टिम बनाउन सजिलो नहुने र सुरुवातमै निर्माण नहुने भएको कारणले दर्ता फारम खोलेको उहाँले बताउनुभयो । राष्ट्रियका लागि खेलकुद स्वास्थ्यका लागि खेलकुद भन्ने नाराका साथ संघले सकेसम्म बढी खेलाडीलाई उत्पादन गर्ने लक्ष्य लिएको उहाँले बताउनुभएको छ ।
हेटौंडा–६ स्थित गौरिटार रंगशालामा क्रिकेट मैदानको निर्माण कार्य सम्पन्न नभएसम्म हेटौंडा–४, हुप्रचौरमा प्रशिक्षण गराउने उहाँले बताउनुभयो । हुप्रचौरको मैदानमा समस्या भएको कारणले गर्दा विभिन्न प्रकारका चुनौतीहरुको सामना गर्नुपर्ने अवस्थाको सिर्जन हुन सक्ने अनुमान गरिएको उहाँले बताउनुभएको छ । चौरको समस्या भएको तथा व्यवस्थित मैदान नभएको कारणले क्रिकेटको प्रशिक्षण अन्तर्गत बलिङ, व्याटिङ रनिङको क्रममा घाँसे मैदानको कारणले खेलाडीहरुले लडेर उनीहरुलाई चोट पटक लाग्न सक्ने कुराले जीकिर गर्नुहुँदै उहाँले चिन्ता व्यक्त गर्नुभएको थियो । चौरमा उबडखाबड, कुनै ठाउँमा घाँसैघाँस, कुनै ठाउँमा पिच व्यवस्थापन राम नरहेको उहाँले बताउनुभएको छ । गौरिटार रंगशालामा प्रशिक्षण गर्ने पिच राम्ररी बनेको भए ट्रेनिङ गराउन सक्ने कुरालाई उहाँले आंकल्न गर्नुभएको थियो । गौरिटार रंगशालामा क्रिकेट मैदानको पिच व्यवस्थापनको नभएको कारणले क्रिकेट खेलाउनका लागि अन्य सम्भावित ठाउँ नभएको कारणले व्यवस्थित मैदान, संरचना नभएको मैदानमा ट्रेनिङ गराउन बाध्य नभएको उहाँले धारणा राख्नुभएको छ ।
क्रिकेटमा रुचि भएको खेलाडीहरुले राम्रोसँग मन लगाएर खेल सम्भावना नभएको बताउनुहुँदै उहाँले भन्नुभया, “हामीले हेटौंडा उपमहानगरपालिकासँग मैदानको विषयमा कुरा गरेका छौँ । उपमहानगरपालिकाले पुस मसान्त महिना पछिको बजेटमा थप बजेटमा क्रिकेट खेलको विकासका लागि मैदानको विषयमा कुरा राख्ने उहाँले बताउनुभएको छ । बागमती प्रदेश खेलकुद विकास परिषद्मा नियुक्त भएको सदस्य सचिव दीपक लामा, सदस्य संगीत श्रेष्ठ लगायतका पदाधिकारीहरुसँग पहल गरेर गौरिटार रंगशालाको क्रिकेट मैदानको निर्माण कार्यलाई छिट्टै सम्पन्न गर्न अनुरोध गरिएको उहाँको भनाई छ । क्रिकेट मैदानमा पूर्वाधार स्टेडियम नभएपनि चौर र पिचको निर्माण कार्य मात्र सम्पन्न भएपनि प्रशिक्षणका लागि सहज वातावरणको सिर्जना हुने उहाँले बताउनुभएको छ । पूर्वाधार निर्माणको सन्दर्भमा टेन्ट गाडेर पनि स्टेजको निर्माण गर्न सकिने उहाँले बताउनुभयो । मैदानको कुरालाई सकारात्मक ढंगबाट लिन आग्रह गर्नुभएको हो । भर्खरै प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशको बोर्ड सदस्यमा संगीत श्रेष्ठ नियुक्त हुनुभएको कारणले सदस्यता नियुक्त पत्र नपाएको र पत्र प्राप्त गरेपछि बोर्डको बैठक बसेर मैदानको विषमा छलफल गरिने उहाँले बताउनुभयो ।
हुप्रचौर एउटा खुलामैदान भएको कारणले त्यहाँ सबै मानिसहरुले फुटबल, क्रिकेट लगायतका खेलहरु खेल्ने, जथाभावी मोटरसाइकल र साइकल चलाउन, सबै मानिसहरुले सबै खेल खेल्दिने घाँसहरु जथाभावी रुपमा उम्रने त्यसलाई नकाट्ने भएको कारणले धेरै खेलाडी तथा प्रशिक्षकहरुले चुनौतीको सामना गर्नुपर्ने अवस्थाको सिर्जना हुने उहाँले बताउनुभयो । गौरिटार रंगशाला अन्तर्राष्ट्रिय रुपमा प्रख्यात हुने भएकोले त्यहाँ छुट्टा छुट्टै किसिमको नियम लागू हुने भएको कारणले पछि गएर प्रशिक्षणको क्रममा पनि सजिलो हुने उहाँले प्रष्ट पार्नुभयो । हेटौंडा उपमहानगरपालिकाको उपमेयरसँग मकवानपुर जिल्ला क्रिकेट संघका अध्यक्ष करण महत्रा क्षेत्रीले बजेटको विषयमा कुरा गरेकोमा उपमेयर राजेश बानियाँले यस वर्ष क्रिकेट खेलका लागि बजेट बिनियोनको कुरालाई प्राथमिकता दिएको उहाँले बताउनुभयो । धेरै वर्ष पहिला हेटौंडा उमहानगरपालिकाको १५ लाख रुपैयाँको बजेटको सहयोगमा हुप्राचौरमा पिचलाई राम्ररी व्यवस्थापन गरेपनि त्यसलाई विभिन्न कारणले राम्ररी संरक्षण गर्न नसकेको उहाँले बताउनुभएको छ ।