युवा रेडक्रस सर्कल पुनर्गठनपछि सामूहिक तस्वीर खिचाउँदै ।


हेटौंडाः हेटौंडा–४ स्थित हेटौँडा क्याम्पसमा युवा रेडक्रस सर्कल पुनर्गठन गरिएको छ । बुधबार भएको भेलाले युवा रेडक्रस सर्कलको अध्यक्षमा नितेश भण्डारीलाई सर्वसम्मत चयन गरेको छ ।

हेटौंडा क्याम्पसको सभाहलमा भेलाबाट भण्डारीको अध्यक्षतामा २३ सदस्यीय समिति गठन गरिएको छ । युवा रेडक्रस सर्कलको उपाध्यक्षमा सिजन चौलागाईं, सचिवमा निकेश सापकोटा, उपसचिवमा रुपा न्यौपाने, कोषाध्यक्षमा एञ्जल धिताल र उप–कोषाध्यक्षः जोसन गुरुङ चयन हुनुभएको छ । नवनिर्वाचित पदाधिकारीहरुको कार्यकाल २ वर्षको हुनेछ । युवा रेडक्रस सर्कल हेटौंडा क्याम्पसका कार्यवाहक अध्यक्ष दिपेश लामिछानेको सभाध्यक्षतामा तथा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा मकवानपुरकी मन्त्री सुमित्रा काफ्लेको प्रमुख आतिथ्यमा पुनर्गठन कार्यक्रम भएको हो ।

युवा रेडक्रस सर्कल हेटौंडा क्याम्पसका शिक्षक नायक प्रकाश दहाल, स्वतन्त्र विद्यार्थी युनियन हेटौंडा क्याम्पसका अध्यक्ष अभि मैनाली र हेटौंडा क्याम्पसका सहायक क्याम्पस प्रमुख बालकृष्ण शर्माको उपस्थितिमा युवा रेडक्रस सर्कलको पुनर्गठन गरिएको हो ।