सांकेतिक तस्वीर ।

हेटौँडाः नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिका–७, रातमाटेमा एक जना पुरुषको शव फेला परेको छ । शनिबार बिहान ९ बजेको समयमा त्रिशुली नदीको बीच टापुमा ढुङ्गामा अड्किरहेको अवस्थामा शव फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

सनाखत हुन नसकेको शव अन्दाजी ५० वर्षीय पुरुष व्यक्तिको भएको प्रहरीले जानकारी दिएको छ । शवको पहिचान हुने अवस्था नरहेको प्रहरीले जनाएको छ । मुचुल्का पश्चात शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल त्रिशुली नुवाकोट लगिएको छ ।