हेटौंडाः जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले यातायात मार्फत कारवाही गर्दा आर्थिक वर्ष २०८०/८१ साउन, भदौ र असोज २० गतेसम्ममा ७३ हजार ५ सय रुपैयाँ राजस्व संकलन गरेको छ । २०८१ साल साउन महिनामा २९ हजार २ सय रुपैयाँ, भदौमा २२ हजार रुपैयाँ, असोजमा २२ हजार २ सय रुपैयाँ राजस्व संकलन भएको हो ।
साउनमा २, भदौमा ४, असोजमा एक गरी ७ वटा सावरीसाधनलाई कारवाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रमुख केशव अधिकारीले जानकारी दिनुभयो । यसैगरी नवीकरण फेल भएका ३ वटा सवारीसाधनलाई यातायात कार्यालयमा पठाइएको छ । जसबाट एक लाख ९५ हजार २ सय ७८ रुपैयाँ राजस्व उठेको छ । साउनमा ८७, भदौमा ५७, असोजमा २८ गरी एक सय ७२ मदाक पदार्थ सेवन गरिने सवारी चालकलाई कारवाही गर्दा एक लाख २ हजार रुपैयाँ राजस्व संकलन भएको अधिकारीले जानकारी दिनुभयो ।
साउन ८७, भदौमा ५७, असोजमा २८ गरी एक सय ७२ जना मादक पदार्थ सेवन गरिएको सवारी साधन चालक प्रहरीको कारवाहीमा परेका छन् । गत आर्थिक वर्ष २०७८/७९ मा २ करोड ३६ लाख ९० हजार ५ सय रुपैयाँ, २०७९/८० मा ३ करोड ६९ लाख ६७ हजार रुपैयाँ, २०८०/८१ मा २ करोड ८३ लाख ४२ हजार ५ सय ४ रुपैयाँ र २०८१/८२ मा ७० लाख २ हजार ६ सय एक रुपैयाँ राजस्व संकलन भएको बताउनुभयो । यस्तै गत आर्थिक वर्ष २०७८/७९ मा ३० हजार ३ सय २७, २०७९/८० मा ४७ हजार ८ सय ९९, २०८०/८१ म ३७ हजार ९ सय ६०, २०८१/८२ मा ९ हजार २ सय ३ ट्राफिक नियम उल्लघन गरिने सवारीचालकहरु कारवाहीमा परेका छन् । सचेतना कार्यक्रम गरिए पनि ट्राफिक नियम उल्लंघनका घटना भइरहेको उहाँको भनाइ छ । सवारी चालकको स्वास्थ्य परीक्षण, यान्त्रिक परीक्षण, चालक/सहचालकलाई सम्झाउने जस्ता कार्यक्रम गरेर जनचेतना अभिवृद्धि गरिरहेको जनाएको छ ।