हेटौंडाः श्रीकृष्ण प्रणामी युवा परिषद् जिल्ला कार्यसमिति मकवानपुरको समन्वयमा भएको अहिंसा एवम् पर्यावरण संरक्षण अभियान समापन भएको छ । छिमेकी देश भारतबाट शुरु भएको अभियान झापा, सुनसरी, विरगन्ज हुँदै हेटौँडामा आएर समापन गरिएको हो ।
जसमा हेटौंडा—१६ स्थित श्रीकृष्ण प्रणामी मन्दिरमा भक्तजन, हेटौंडा–१६ कै जनप्रिय माध्यमिक विद्यालय, हेटौंडा–२, स्थित सिद्वार्थ माध्यमिक विद्यालय र हेटौंडा–४ स्थित श्रमिक माध्यमिक विद्यालयका विद्यार्थीलाई अभियानबारे सचेतना गरिएको छ । सोमबार र मंगलबार भएको कार्यक्रममा धार्मिक एवम् सामाजिक अभियन्ता कपिलदेव ठक्करले प्रशिक्षण दिनुभयो । वरपरको वातावरण सफा राख्ने, सवारी साधन चलाउँदा विशेष ध्यान दिने, पशुपन्छीको स्वतन्त्रताको हकलाई आफ्नो स्वार्थमा नबाँध्ने, समाजमा सहिष्णुता कायम गर्ने उद्देश्यले कार्यक्रम भएको हो ।
जसले वातावरणीय प्रदुषण न्यूनीकरण हुनुको साथै हत्या र हिंसाका घटना घट्ने समितिका सचिव राजेश वाग्लेले जानकारी दिनुभयो । श्रीकृष्ण प्रणामी युवा परिषद् जिल्ला कार्यसमितिका अध्यक्ष सुजन तिमल्सिनाको अध्यक्षता तथा केन्द्रीय उपाध्यक्ष प्रमोद वाग्लेको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।