थोक तरकारी बजार ।

हेटौँडाः हेटौँडास्थित थोक तरकारी बजारमा तरकारीको मूल्य बृद्धि भएको छ । काउली, गोलभेडा, बन्दा लगायतको तरकारीको मूल्य बृद्धि भएको हो । आइतबारबार प्रतिकिलो ९० रुपैयाँमा बिक्री भएको काउली सोमबार किलोमा २० रुपैयाँ बढेर प्रतिकेजी ११० रुपैयाँमा बिक्री भएको छ ।

आइतबार प्रतिकिलो १०० रुपैयाँमा बिक्री भएको गोलभेडा सोमबार १० रुपैयाँ बढेर प्रतिकिलो ११० रुपैयाँमा बिक्री भएको व्यवसायी बद्रि घिमिरेले जानकारी दिनुभयो । सोमबार थोकबजारमा प्रतिकेजी बन्दा ६५ रुपैयाँ, मकैबोडी ८० रुपैयाँ, करेला १०० रुपैयाँ, हरियो खुर्सानी ७० रुपैयाँ, हरियो धनियाँ १५० रुपैयाँ, मुला ५० रुपैयाँ, बरेला ४५ रुपैयाँ, पर्वल ९० रुपैयाँ, नयाँ आलु ७० रुपैयाँ, स्कुस २० रुपैयाँ, केराउकोसा १६० रुपैयाँ, हरियो भटमास ८०, घिउ सिमी १००, घर सिमी १०० र गाँजर १५० रुपैयाँसम्मंमा बिक्री भएको छ । स्थानीय उत्पादन कम हुँदा अन्य जिल्लाबाट आएका तरकारीका कारण स्थानीय तरकारी बजारमा मूल्यमा घटबढ भएको व्यवसायी घिमिरेले जानकारी दिनुभयो ।